Aamsanchar

मौसम परिवर्तन र नवजात शिशुको स्याहार

Author Image
शुक्रवार, मंसिर १७, २०७३

सुरेश खतिवडा

image1
मौसम परिवर्तन हने क्रम जारी छ । दिउँसो केही राहत महशुुस हुने तापक्रम रहेपनि बिहान बेलुकी चिसोपना बड्दै गइरेको छ । यस्तो अवस्थामा युवा तथा सक्रिय उमेरलाई त्यत्ति फरक नपरेता पनि बालबच्चा तथा बृद्धबृद्धाहरु बढी पिडित हुने गर्दछन् ।

त्यस माथि पनि अबोध र चलमलाउनै राम्रो संग नसक्ने वनजात शिशुहरुको अवस्था झनै पिडादायी र कष्टकर हुने गर्दछ । यदि तपाईको घरमा पनि नब प्रवेशी शिशु छ भने यो समय उनीहरुका लागी सहज र समायोजन हुन योग्य बनाउने कर्तब्य तपाई आमाबुबाको हुने गर्दछ । र तपाई आफै पनि त्यस विषयमा बढी चिन्तित भइरहेको हुनु पर्दछ ।

केही दिनकै फरकमा रुगा मर्गी, खोकी, राती नाक बन्द हुने, स्वास्वा हुने, घ्यारघ्यार गर्ने, खाने वित्तिकै बान्ता गर्ने जस्ता समस्याहरु तपाईका लागी जटिल लागी रहेका हुन सक्दछन् । तपाईले नानीहरुलाई नजिकका फामेर्सी तथा क्लिनिकहरुबाट अनाधिकृत रुपमा औषधीहरुको प्रयोग गरिरहनु भएको हुन सक्दछ । त्यस कारण विना चिकित्सीय पुर्जा औषधिको प्रयोग गर्नु भन्दा हामी आफैले सर्तकता अप्नाएमा नवजात शिशुहरुमा यस मैसममा आइपर्ने विविध श्वास प्रश्वास प्रणाली तथा पाचन प्रणली सम्बन्धि चिसोजन्य रोगहरुबाट बचाउन सक्दछौं ।

–नवजात शिशुहरुलाई प्रसस्त स्तनपान
आमाको दुध अमृत समान भन्ने त सुनेको छौं तर कसरी भन्ने थाहा नहुदा र देखासीखीको लागी तयारी दुध बजारबाट ल्याएर खुवाइने हुदा नानाीहरु विविध रोगको संक्रमणमा पर्न जाने हुन्छन् ।

आमाको दुधमा नानीहरुलाई रोगसंग लड्न चांहीने रोग प्रतिरोधात्मक शक्तिको भण्डार हुने गर्दछ भने यसले चिसो तथा मौसम परिवर्तमा देखा पर्ने जटिलता, विभिन्न संक्रमक रोगहरु, र विभिन्न छाला नाका कान घाँटी सम्बन्धि संक्रमण विरुद्ध लठेन सक्ने बनाउद छ । त्यसैले अरु बेला भन्दा चिसो मौसममा बढी र अनिर्वाय रुपमा स्तनपान गराउनु चिसोबाट शिशुलाई जोगाउने उत्तम उपाय हो ।

सबैले पहिलो ६ महिना शिशुलाई अनिवार्य स्तनपान गराउनु पर्ने कुरामा समेत ध्यान दिनु पर्दछ ।
–कोठा न्यानो राखौं
शिशु सुत्ने र राख्ने कोठाको आद्रता र तापक्रमलाई ख्याल गरि ब्यवस्थित गरिनु पर्दछ । नवजात शिशुलाई अरुलाई भन्दा बढी न्यानो आवश्यक पर्दछ त्यसैले चिसो हावाको सिधा प्रवेशलाई रोक्ने र झ्याल तथा ढोकाहरु राम्रो र ब्यवस्थित गर्नु पर्दछ ।

तर संवातनलाई भने विशेष ख्याल गरिनु पर्दछ । त्यसै गरि कोठाको वातावरण न्यानो र ठिक भएमा शिशुलाई धेरै कपडाहरु लगाउन जरुरी पदैन् । बाक्लो र खापेर मोटो कपडा लगाएमा शिशुलाई पसिना आई त्यसैले चिसो लाग्ने गर्दछ । त्यस कारण सजिलो कपडा र न्यानो कोठा यो मौसमको जटिलताबाट जोगाउने अर्को उपाय हो ।

– नानीहरुलाई दुध चुसाउन बित्तिकै भुईमा छाड्ने या सुताउने गर्नु हुदैन् साथै आमाले सुतेर दुध चुसाउनु हुदैन् । यस्तो अवस्थामा शिशुले बान्ता गर्ने तथा बान्ता श्वास मार्ग तर्फ गई एस्पिरेट निमोनिया तथा अन्य छातीको संक्रमण हुन सक्दछ ।
– बजारमा उपलब्ध विभिन्न प्रकारका मोस्चुराईजर तथा बेबी क्रिमहरुको प्रयोगलाई निरुत्साहित गरिनु पर्दछ ।प्रयोग गर्ने परेमा चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नु पर्दछ ।

–गरौं र बाक्लो बल्याङ्केट, सिरक तथा सिरानी आदीको प्रयोग नगर्ने जसले गहिरो निन्द्रमा आमाले थाहा नपाएर शिशु निसाशीन सक्दछ ।
– शिशुको रक्त सञ्चार राम्रो होस् भन्ने हेतुले बदामको तेल, नरिवलको तेल या शुद्ध तरीको तेलले सुत्नु अगाडी मालिस गर्ने गर्नुपर्दछ । तर तेल प्रतिको संवेदनशिलता भने विचार गरिनु पर्दछ ।
–नाक बन्द भएमा मनतातो नुनपानीको घोल बनाई एक एक थोपा नाकमा चुहाउने गरेमा श्वासमा कठिनाई, घ्यार–घ्यार सामान्य खोकी समेत बन्द हुन्छ र शिशु राम्रो संग निदाउन सक्दछ । बजारमा विभिन्न ब्रण्डका नेजल ड्रप्सहरु पनि उपलब्ध छन् ।
–कोठामा आद्रता सन्तुलन गर्ने मेसिन( ज्गmष्मषष्भच ) जडान गरि शिशसलाई चिसोबाट बचाउन सकिन्छ । कोठा तनाउन ठूलो हिटर, आगो बाल्ने तथा कोइला डढाउने प्रक्रिया शिशुका लागी हानिकारक हुन सक्छ ।
–उचित समयमा खोपको प्रयोग शिशुलाई विविध फ्लु तथा संक्रमणबाट बचाउने अर्को उपाय हो ।
–रेडिमेड दुध तथा गाईको दुध प्रयोग गर्नु पर्ने अवस्था आएमा उचित मात्रा मिलाएर खुवाउने तथा प्रयोग गरिने फिडिङ बोत्तल, बटुका, ग्लास, चमच आदी पानीमा प्रत्येक पटक उमाल्नु पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर