Aamsanchar

‘सबैको भावना अनुसार नेपाल जेसीजको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’

Author Image
शनिवार, मंसिर १८, २०७३

1

शार्दूलहाङ्ग ओली
अध्यक्ष, अर्जुनधारा जेसीज(शनिअर्जुन,झापा)२०१६
राष्ट्रिय उपाध्यक्ष पदको उम्मेद्वार, नेपाल जेसीज २०१७

तपाई जेसीजमा कहिलेबाट कसरी प्रवेश गर्नुभयो ?
– जेसीज अभियानमा म सन् २००६ बाट वीरता जेसीजमा प्रवेश गरी विभिन्न विधामा संयोजकत्व प्रदान गर्दै सन् २०१४ मा अर्जुनधारा जेसीजको उपाध्यक्ष, सन् २०१५ को कार्यकारी उपाध्यक्ष तथा २०१६ को अध्यक्ष हुँदै सन् २०१७ को लागि नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षको उम्मेदवारीको रुपमा प्रस्तुत भएको छु ।
कस्को प्रेरणाले र किन जेसीजमा लाग्नुभयो ?
– जेसीज र जेसीज मित्रहरुले गरेका उदाहरणीय कार्यहरु नै मेरा प्रेरणाका स्रोतहरु हुन् । आफूभित्र अन्तरनिहित क्षमतालाई जेसीजद्वारा प्रदान गरिने तालिम मार्फत विकास गर्दै समाज तथा राष्ट्रको उन्नती, प्रगतिमा कुनै ठोस योगदान पु¥याउन जेसीजमा आबद्ध भएको हुँ ।
जेसीज के हो ?
– जेसीज १८ देखि ४० वर्षसम्मका युवाहरुको सामुहिक अभियान हो । विद्यार्थीको लागि पुस्तक, विरामीका लागि औषधि र मुर्खका लागि ज्ञानको जति महत्व हुन्छ मेरो लागि जेसीजको महत्व पनि त्यही नै हो ।

2


जेसीजमा लागेर तपाईले के पाउनुभयो ?
– साह्रै सान्दर्भिक प्रश्न गर्नुभयो । जेसीजमा लागेर मैले के पाएँ भने जेसीजमा लाग्नु अघि मेरो समय दिनचर्या जति अव्यवस्थित थिए । जेसीजमा लागेपछि मेरो हरेक पलहरु त्यति नै व्यवस्थित भएका छन् । जसमा मलाई ‘टाइम मेनेजमेन्ट’ भन्ने कोर्षले मद्दत गरेको छ । साथै सकारात्मक सोचका धनी युवा व्यक्तित्वहरु, मेचीदेखि महाकालीसम्मका अनन्य मित्रहरुको रुपमा पाएको छु । म नपुगे पनि मेरा सन्तान र छिमेकीहरु कहींकतै अलपत्र बस्नु पर्दैन अब ।
तपाईं आफ्नो कार्यकालको अन्त्यतिर हुनुहुन्छ । यो वर्ष अर्जुनधारा जेसीजले गरेका मुख्य काम के–के हुन् ?
– प्रश्नको लागि धन्यवाद । अर्जुनधारा जेसीजको स्थापना सन् २०१२ मा भएको हो । स्थापना कालदेखि नै हाम्रा प्रायः सबै बैठकहरु अर्जुनधारा धामको चौरीमा बस्ने गथ्र्यो । जहिले पनि बैठक सकेर उठ्दा पाइन्ट टकटक्याउँदै धुलो झार्दै उठ्नुपर्ने अवस्था थियो । तर, पनि हामी सबै एकदिन लक्ष्यमा पुग्नेछौं भन्ने दृढ अठोटका साथ अघि बढ्यौं । जसको फलस्वरुप सन् २०१५ मा उत्कृष्ट शाखाका रुपमा पुरस्कृत भयौं ।
यस वर्ष राष्ट्रिय कार्यतालिका अनुसार वृक्षरोपण रक्तदान, सरसफाई, सांस्कृतिक कार्यक्रम असार १५ रोपाईं जात्रा, शुभकामना आदान–प्रदान, देउसीभैलो, जेसीज सप्ताह समेत सम्पन्न ग¥यौं । सन् २०१६ मा हामीले अर्जुनधारा जेसीजको आफ्नै सचिवालय, तालिम हल तथा पे्रसिडेन्ट कक्ष समेत भएको संस्थाको निजी भवन बनाउन सफल भएको छौं । जसको निम्ति सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा तपाईको उम्मेदवारी के को लागि हो ?
– वैदेशिक रोजगारीमा आकर्षित भइरहेका युवाहरुलाई व्यवसायिक तालिम प्रदान गरेर स्वदेशमा नै स्वरोजगार भई एक अब्बल सचेत नागरिक बनाउन थोरै भए पनि योगदान पु¥याउनका लागि मेरो उम्मेदवारी रहेको छ । राष्ट्र निर्माणमा टेवा पु¥याउनु नै मेरो उम्मेदवारीको साझा उद्देश्य हो । मैले यो उम्मेदवारी मेचीदेखि महाकालीसम्मका जेसीज मित्रहरुको भावना अनुसार दिएको हुँ सबै जेसीज मित्रहरुको यो भावना समेट्दै म सम्मान पनि गर्दछु ।
तपाईले राष्ट्रिय उपाध्यक्षमा जित्ने आधार के छन् ?
– सन् २०१६ मा मैले नेतृत्व सम्हालेपछि हामीले शाखा मार्फत गरेका विभिन्न गतिविधिहरु, भूकम्प, नाकाबन्दी तथा समाजले खेपेको आर्थिक संकटका बाबजुद हामीले कोषमा एक रुपैयाँ नहुदा पनि भएको जमिनमा लाखौंको भवन बनाउन गरिएका दुःख साथै नेपाल जेसीजका चारै वटा क्षेत्रमा भएका हरेक कार्यक्रमहरुमा गरिएको भ्रमण र त्यसक्षेत्रमा पाइएको जेसीज मित्रहरुको आत्मियता सद्भावलाई नै मैले जित्ने आधार मानेको छु ।
अन्त्यमा सम्पूर्ण जेसीज अग्रज तथा जेसीज मित्रहरुलाई यहाँहरुको यो लोकप्रिय राष्ट्रिय दैनिक मार्फत नेपाल जेसीजको धापासी काठमाडौंमा हुन गइरहेको ४३औं राष्ट्रिय महाधिवेशनमा मेरो राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारीमा आफ्नो अमूल्य मत तथा सद्भाव प्रदान गरी हौसला बढाई दिनुहुन विनम्रतापूर्वक आग्रह गर्दछु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर