Aamsanchar

लजालु ती मुहार देख्न पाउँ

Author Image
बुधवार, मंसिर २२, २०७३

 

केशव भट्टराई 11037181_10205668256178334_1816609858682761651_n

समीप आउदा सधैं निराश भाग्छ पर्तिर
बसेर साथ पाउदा फुलेछ प्यार आँकुरा
मिठास पुर्ण वातमा रमेर बस्न पाउँ म
सधैं सधैं लजालु ती मुहार देख्न पाउँ म
०१
म देख्छु सिर्जना सधैं सप्रेम तिम्रो साथमा
म लेख्छु सिर्जना यहाँ लिएर प्रेम हातमा
मलाइ लाग्छ प्रेयशी अपूर्ण पूर्ण भो यहाँ
नजाउ पूर्णता चिरी निराश प्यास कष्टमा
०२
ती पूर्ण चन्द्र रातमा मुहार तिम्रो देख्दछु
निराश हट्छ बड्दछू लिएर प्रेम मन्जरी
शसक्त साथ पाउदा म भुल्छु कष्ट वेदना
निराश छैन प्रेयशी सगर्व भन्छु म यहाँ
०३
सप्रेम चुम्न पाउ की समुन्नती र सिर्जना
सुसौम्य सभ्य जिन्दगी सुवासना र कल्पना
लिएर साथ प्रेयशी सगर्व भन्न पाउ म
समृद्ध जिन्दगी यहाँ लिएर बाँच्न पाउ म
०४
२०७३ जेष्ठ १३

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर