Aamsanchar

भेनेजुयलामा पनि ठूला नोटमाथि प्रतिबन्ध लाग्यो

Author Image
सोमवार, मंसिर २७, २०७३

काठमाडौं।1481517489Note

भारतपछि भेनेजुयलामा पनि ठूला मूल्यको नोटमाथि प्रतिबन्ध लगाइएको छ । भेनेजुएलाको सरकारले देशको सबैभन्दा उच्च मूल्यको बैंक नोटमाथि प्रतिबन्ध लगाएको छ ।

भेनेजुएला सरकारले बैंक नोटलाई ७२ घण्टाभित्र सिक्कामा बदल्ने घोषणा गरेको हो । भेनेजुएलाको एक सय बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो केही वर्षदेखि गिरावट आएको थियो ।

अहिले एक सय बोलिवर बैंक नोटको मूल्य दुई अमेरिकी सेन्ट बराबर छ । सीमा क्षेत्रमा सक्रिय रहेको गिरोहका कारण नोटको मूल्य घटेको र उनीहरुलाई आफूसँग रहेका नोट सिक्कामा बदल्न समय नमिल्ने राष्ट्रपति निकोलश मदुरोले बताए । पैसाको मूल्य घटेका कारण भेनेजुएलामा महंगी बढेको छ । (एजेन्सी)

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर