Aamsanchar

२०५० सम्म रोवर्टसँग बिहे र यौनसम्पर्क

Author Image
सोमवार, पौष ११, २०७३

लण्डन ।

robot-sex-will-harm-human-relati-650x366

अबको केही वर्षपछि तपाई हाम्रा बच्चाहरुले रोबोटसँग पनि विवाह गर्न सक्ने प्रविधि तयार हुँदैछ ।

वैज्ञानिकहरुले मानिसले रोवर्टसँग विवाह गर्ने दाबी गरेका छन् । सन् २०५० सम्ममा मानिसले रोबोटसँग विवाह गर्ने आर्टिफिसिय इन्टेलिजेन्स (एआई) एक्सपर्ट डा.डेभिड लेभीले दाबी गरेका हुन् ।

डा.डेभिडलाई कि त मानिसहरू चेस खेलमा उनको शक्तिलाई चिन्छन् कि त उनको एआईसँगको दशकौं लामो संलग्नताका कारणले चिन्छन् ।

एआई एक्सपर्टले सन् २०५० सम्ममा मानिसहरू रोबोटसँग विवाहका लागि तयार हुने दाबी गरेका छन् ।

‘यो त्यति टाढा छैन, प्राविधिक तथा रोबोर्टिक विकास र एआईको अनुसन्धानले यो सम्भावनालाई पुष्टि गरेको छ’, उनले भने, ‘मानिसहरू पहिल्लेदेखि नै रोबोटसँग शारीरिक सम्बन्ध कायम गर्दै आएका छन्, त्यसैले पनि अब रोबोटले मानिसलाई भावनात्मक तथा शारीरिक रुपमा सन्तुष्ट पार्ने छ भन्ने कल्पना स्वाभाविक देखिन्छ ।’

‘अबको ३३ वर्षभित्र हामी यो बिन्दुसम्म पुग्ने छौं । माट म्याक मुलेनको रियल डल निर्माता कम्पनी एविस क्रियसनले पनि यो सम्भावनालाई स्वीकार गरेको छ’, म्याक मुलेनले भनेका छन्, ‘पछिल्लो समय मानिसहरु भावनात्मक रुपमा रियल डलसँग नजिकिएका छन् ।’ – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर