Aamsanchar

प्रियंका चोपडाले नेपाली फिल्म बनाउने

Author Image
बिहिवार, पौष १४, २०७३

Untitledएजेन्सी, बलिउड फिल्म देखि हलिउड फिल्म सम्म छाइरहेकी अभिनेत्री प्रियंका चोपडाले ‘सिक्किम बेस्ड’ नेपाली फिल्म बनाउने भएकी छिन् । चोपडाले आफ्नै होम प्रोडक्शनबाट फिल्म निर्माण गर्न लागेकी हुन् ।

स्थानीय स्तरका स्रोत साधनको प्रयोग गरेर स्थानिय स्तरकै कलाकारलाई मौका दिने हिसाबले उक्त फिल्म निर्माण कार्य अघि बढीरहेकी छिन् । प्रियंकाले बनाउन लागेको सिक्किम बेस्ड नेपाली फिल्म पौवामा कलाकार र क्रु मेम्बरहरु नेपाल र सिक्किमका हुने प्रियंकाकी आमा मधु चोपडाले जानकारी दिएकी छिन् । पौवाको अर्थ पाहुना हुन्छ ।

यो फिल्मको कथा कुनै कारण आमा बुबाबाट टाढिएका बालबालिकाको वरिपरि घुम्नेछ । यसपछि प्रियंकाले भारतको राजस्थान र छत्तिसगढमा फिल्म निर्माण गर्ने पनि आमा मधुले जानकारी दिएकी छिन् । प्रियंकाले होम प्रोडक्शन पर्पल पेबलबाट यो भन्दा पहिले मराठी फिल्म भेन्टिलेटर, भोजपूरी फिल्म बम बम बोल हा है निर्माण गरिसकेकी छिन् । त्यस्तै उनले पंजाबी फिल्म श्रावण निर्माण गरिसकेकी छिन् । जुन रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर