Aamsanchar

पाँच सय ६० पोर्न वेबसाइटहरू बन्द

Author Image
शुक्रवार, पौष १५, २०७३

ढाका ।

Mahila-Sex

बांगलादेशले ५ सयभन्दा बढी पोर्न वेबसाइटहरू आफ्नो देशमा ब्लक गरेको छ । युवा पुस्ता र बालबालिकाहरूमा त्यसले नकारात्मक सन्देश दिन थालेपछि पोर्न वेबसाइटहरू बन्द गर्न बाध्यकारी कदम उठाएको जनाइएको छ ।

बांग्लादेश दूरसञ्चार विनियामक आयोग (बीटीआरसी)ले पोर्न वेबसाइटहरूले बच्चाहरूमा कुप्रभाव परेकाले स्थानीय इन्टरनेट सेवा दिने कम्पनीहरूलाई त्यस्ता वेबसाइटहरूमा प्रतिबन्धको आदेश दिएको हो ।

बीटीआरसी प्रवक्ता सरवर आलमले भनेका छन्, ‘पोर्नोग्राफीको कुप्रभावबाट युवा र बच्चाहरूलाई बचाउन पोर्न वेबसाइटहरू बन्द गरिएको हो ।’

आलमका अनुसार ५ सय ६० पोर्न वेबसाइटहरूको सूची बनाएर इन्टरनेट सेवा दिने कम्पनीहरूलाई बन्द गर्नका लागि पठाइएको छ । – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर