Aamsanchar

भारतीय मिडियामा तहल्का मच्चाउँदै तेस्रो लिंगी मोडल

Author Image
शनिवार, पौष २३, २०७३

काठमाडौं,

Anjali_Lama

नेपाली मोडलिङ क्षेत्रमा फरक पहिचान बनाएकी तेस्रोलिंगी मोडल अञ्जली लामा यतिबेला भारतीय मिडियामा भाइरल बनेकी छन्। भारतमा प्रतिष्ठित एवं अन्तर्राष्ट्रियस्तरको मानिने ‘लेक्मे फेसन विक’मा र्याुम्प नाप्ने अवसर पाएपछि उनी फेसन सप्ताहमा आकर्षण बन्न सफल भएकी हुन् । अञ्जली अहिले भारतका प्रसिद्ध दैनिक पत्रिका, म्याग्जिन, अनलाइनहरूमा छाइरहेकी छन् ।

टाइम्स अफ इन्डिया, आज तक, हफिंगटन पोस्ट, बक्बे टाइम्स, इली, फस्र्टपोस्ट, मुम्बई मिरर, इन्डियन टाइम्स, पिन्क भिल्लालगायत विभिन्न सञ्चारमाध्यममा उनले ठाउँ पाएकी छन् ।

बलिउड नायिका करिना कपुर, प्रियंका चोपडा, दीपिका पादुकोण, मलाइका अरोरा खान, श्रद्धा कपुरलगायतले पनि सहभागिता जनाइ सकेका छन् । यस फेसन सप्ताहमा संसारभरका टप मोडलहरूले र्यापम्प नाप्ने गर्छन् । सन् १९९९ मा नाओमी क्याम्पवेलले पनि यस फेसन सप्ताहमा र्याकम्प नापेकी थिइन् ।

स्रोतका अनुसार लेक्मे फेसन विकको अठारवर्षे इतिहासमा यसअघि कुनै पनि तेस्रोलिंगी मोडलले सहभागिता जनाएको थिएन । यस फेसन सप्ताहमा र्यािम्प नाप्ने अञ्जली पहिलो तेस्रोलिंगी मोडल बनेकी छन् । उनले फ्रेबुअरी १ देखि सुरु भएको सप्ताहमा र्या म्प नाप्दैछन् । सप्ताह फ्रेबुअरी ५ सम्म चल्नेछ । गत डिसेम्बर १४ मा यसका लागि अञ्जलीले अडिसन दिएकी थिइन् । उनको यो दोस्रो प्रयास हो । गत वर्ष पनि उनले अडिसन दिएकी थिइन् । तर पहिलो प्रयास असफल भए पनि हिम्मत नहारी पुनः प्रयास गरेको उनले बताएकी छन् ।

३२ वर्षे अञ्जली नुवाकोटमा जन्मिएकी हुन् । ‘सेक्स चेन्ज अप्रेसन’पछि आफू महिला भएको भारतीय सञ्चारमाध्यमलाई उनले बताएकी छन् । उनको वास्तविक नाम नवीन वाइबा हो । उनले मिडियासँग आफूले बाल्यकालमा भोगेको भेदभाव र अनुभव पनि बाँडेकी छन् । अध्ययनका लागि राजधानी काठमाडौं आएपछि मात्रै आफूजस्तै मान्छेसँग भेट्न पाएको उनले बताएकी छन् । जसलाई भारतीय मिडियाले महत्वका साथ ठाउँ दिएका छन् ।

आफूलाई त्यो समयमा पीडा दिनेको नाम नखुलाए पनि आफ्नै घरपरिवारले स्वीकार नगर्दाको पीडा भने व्यक्त गरेकी छन् । ‘जब मेरो परिवारले म तेस्रोलिंगी हुँ भन्ने थाहा पाए, तँ हाम्रो लागि आजदेखि मरिस् भने’, उनले दुःखेसो पोखेकी छन् । तर आमाले भने आफूलाई सधैं साथ दिएको उनको भनाइ छ । ‘मम्मी नै मेरो प्रेरणा हुन् जसले मलाई साहस भरिदिइन्, मेरो निर्णयमा साथ दिइन् । हिजोआज मम्मीसँग मात्रै मेरो सम्पर्क हुन्छ’, अञ्जलीले भनेकी छन् ।

अध्ययनका लागि काठमाडौं आएकी अञ्जली सन् २००७ मा तेस्रोलिंगीहरूको साझा संस्था नीलहीरा समाजले आयोजना गरेको ‘मिस पिन्क’ प्रतियोगिताको ताज विजेता पनि हुन् । त्यसपछि उनी बैंककको पतायामा भएको ‘मिस इन्टरनेसनल क्विन’मा सहभागी बनेकी थिइन् । साथीहरूले नेपालमा मात्रै सीमित नहुन सुझाव दिएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला सारेको अञ्जलीको भनाइ छ । ‘लेक्मे फेसन विक’जस्तो लोकप्रिय फेसन इभेन्टमा र्यािम्प नाप्ने मौका पाउनुका साथै सञ्चारमाध्यमले महत्व दिएपछि उनी एउटै कार्यक्रमबाट ‘हिट’ भएकी हुन् । जसबाट मोडलिङको अन्तर्राष्ट्रिय बजारमा उनी चिनिन सफल भएकी छन् । यो अवसरले आफ्नो मोडलिङ करियरलाई उचाइमा पुर्या उने अञ्जलीको अपेक्षा छ । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर