Aamsanchar

बाँदर भगाउने प्रविधि संसारभर छैन : महावीर पुन

Author Image
बिहिवार, जेठ ७, २०८३

काठमाडौँ  – स्वतन्त्र सांसद महावीर पुनले बाँदर भगाउने प्रविधि संसारभर नभएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले संसारमा कुनै पनि वैज्ञानिकले अहिलेसम्म बाँदर आतंक रोक्ने प्रविधि बनाउन नसकेको दाबी गरे।

पुनले बरु रकेट सजिलो रहेको बाँदर भगाउन त्यति सजिलो नभएको बताए। ‘रकेट बनाउन सजिलो छ। त्यसको टेक्नोलोजी छ’, उनले भने, तर बाँदर भगाउने टेक्नोलोजी संसारभर छैन।’

उनले संसदमा सांसदहरूले अहिले उठाउनुभन्दा सात वर्षअघि नै यसबारे कुरा उठाएको र बाँदर आतंक कम गर्ने प्रविधि बनाउन खोजेको तर रकम अभावमा नसकेको बताए।

‘बाँदर आतंकको कुरा सबै सांसदले उठाउनु भएको छ। मैले सात वर्षअघि नै उठाएको पनि हो। बाँदर आतंक कम गर्ने प्रविधि बनाउन प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले ५०\६० लाख रुपैया उठाएर काम गर्न खोजेको पनि हो’, उनले भने।

पुनले संसदमा कराएर मात्र बाँदर आंतक अन्त्य नहुने भन्दै यसका लागि अनुसन्धान गर्नुपर्ने बताए। यसका लागि पाँच(सात करोड रुपैयाँ छुट्याउनुपर्ने उनले बताए।

Views: 36

प्रतिक्रिया (०)