Aamsanchar

नेपाली क्रिकेट समर्थक समाजले, पत्रकारलाई हराए क्रिकेटमा

Author Image
बिहिवार, माघ ६, २०७३

बिर्तामोड । झापाको शनिअर्जुन–९ मा बिहीबरदेखि २५ हजार पुरस्कार राशिको कङ्गारु एनसीएसएस झापा कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
स्थानीय प्रगति युवा समाजको खेलमैदानमा सुरु भएको जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन सांसद् प्रेम गिरीले गरे । निर्माण व्यवसायी तथा समाजसेवी शेरबहादुर थापाले बलिङ तथा सांसद् गिरीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।
जिल्लाका क्लब र कलेज गरी १६ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको पहिलो दिन दुईवटा खेल भए । पहिलो दिनको खेलमा विजयी हुँदै आयोजक नेपाली क्रिकेट समर्थक समाज र कर्णाली एजुकेशन बुधबारे प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेका छन् ।
पहिलो खेलमा झापाली पत्रकारको टोलीलाई ५३ रनले पराजित गर्दै आयोजकले अघिल्लो चरणको यात्रा तय गरेको हो । टस जितेर पहिला व्याटिङ गरेको आयोजकले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४९ रन जोड्यो । आयोजकका लागि आनन्द यादवले ६५, मदन श्रेष्ठले ४५ र रोमन चापागाईले ११ रनको योगदान गरे । पत्रकारकातर्फ बाट दीपेन्द्र पौडेल र कमल भट्टराईले समान ३/३ विकेट लिए ।
१५० रनको विजयी लक्ष्य लिएर मैदान प्रवेश गरेको झापाली पत्रकारको टोली १६ दशमलव ४ ओभरमा ९७ रन जोड्दा अलआउट भयो । झापाली पत्रकारका तर्पmबाट दीपेन्द्र पौडेलले २५, सचिन सुब्बाले १५ र विशाल श्रेष्ठले ११ रन बनाए । पत्रकारको इनिङ ध्वस्त पार्ने क्रममा म्यान अफ द म्यास अर्जुन यादवले ५ विकेट लिए ।


बिहीबार नै भएको दोस्रो खेलमा कर्णाली एजुकेशन बुधबारेले राइजिङ स्टार बिर्तामोडलाई १४८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर २३२ रन बनायो । विशाल योगफल तयार गर्ने क्रममा म्यान अफ दि म्याच दिवश बराइलीले ९८ रनको योगदान गरे । यस्तै मञ्जील पौडेलले २९ र अनुप मुखियाले २५ रन बनाए ।
२३३ रनको विजय लक्ष्यका साथ मैदान उत्रिएको राइजिङ स्टार बिर्तामोड ११ दशमलव ४ ओभरमा ८४ रन जोड्दै अल आउट भयो । दुईवटै खेलको म्यान अफ द म्याचलाई जनता चस्मा घर बिर्तामोडका तर्फबाट नगद पुरस्कार प्रदान गरियो । शुक्रबार हुने पहिलो खेलमा न्यू दमक क्रिकेट क्लब र धाइजन क्रिकेट क्लब तथा दोस्रो खेलमा युबीसी जलथल र समयगड क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका लक्ष्मी काफ्लेले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम नेपाली क्रिकेट समर्थक समाज झापाका अध्यक्ष विश्वराज गौतमको अध्यक्षतामा भएको थियो । नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष प्रेम आचार्य, फोटो पत्रकार विनोद पाण्डे, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशवकुमार थेबे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन केपी अधिकारीले गरेका थिए ।

 

 

 

                     खेल उद्घाटन गर्दै प्रमुख अतिथि गिरी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर