Aamsanchar

शुक्रकीट दान गर्ने युवालाई ‘आइफोन’ उपहार

Author Image
आइतवार, चैत ६, २०७३

एजेन्सी :

चिनियाँ सरकारले २० देखि ४५ बर्षका युवाका लागि एउटा विशेष अफर घोषणा गरेको छ । चीन सरकारले दिएको अफर यो छकी आफ्नो शुक्रकीट दान गर्ने प्रत्येक युवकलाई निशुल्क गोल्ड आइफोन दिइने छ । यो चीन सरकारले युवाका लागि धेरै संवेदनशील आग्रह गरेको छ ।

सरकारले भनेको छ, ‘कृपया आफ्नो देशका लागि शुक्रकीट दान गर्नुहोस ।यस कार्यका लागि चीन सरकारले सामाजिक सञ्जालको साहरा समेत लिएको छ । सरकारले सााजिक सञ्जालमा केही खेलहरु अपलोड गरेको छ । यी सबै खेल सकिएपछि शुक्रकीट दान गर्नेलाई एक हजार अमेरिकी डलर वा एक गोल्ड आइफोन प्रदान गरिने अफरको सूचना सम्प्रेणष गरिएको छ ।

भनिन्छ चीन दिनदिनै बूढो हुँदै गइरहेको छ । काम गर्ने मान्छेको कमी भइरहेको छ । थुप्रै चिनियाँहरु सन्तान जन्माउँन चहादैनन् । चीन सरकारले भनेको छकी साँस्कृतिक र राजनीतिक कारणले स्वइच्छाले शुक्रकीट दान गर्ने युवाहरुको कमीले गर्दा चीनको शुक्रकीट बैंकमा यसको कमी भइरहेको छ ।

‘अपरिचित पुरषको शुक्रकीटबाट गर्भ धारण गर्नु कन्फ्युसियसको सिद्धान्तको अवहेलना गर्नु हो’ भन्ने धारणा चिनियामा व्याप्त छ । कन्फ्युसियसलाई चीनमा देवता मानिन्छ । यसै कारणले चिनियाँ युवा पनि आफ्नो शुक्रकीट दान गर्नुलाई नैतिक मान्यता विपरितको कार्य मान्दछन् । चीन सरकारको योजना यो छकी गम्भीर संकट आउनु भन्दा पहिला नै देशलाई जवान अवस्थामा कायम राख्नका लागि कृत्रिम गर्भाधानको उपाय अपनाउनु पर्छ ।

पछिल्लो समय चीनको जनसङ्ख्या घट्दोक्रममा रहेको छ । पुरानो पुस्ता बूढो हुँदै जाने र नयाँ पुस्ताको जन्म निकै कम हुने भएकाले यसले भविष्यमा देशमा शक्रीय जनशक्तिको संकट उत्पन्न हुनसक्छ । यही कुरालाई मध्यनजर गर्दै पछिल्लो समय चीनले जनसङ्ख्या वृद्धिका लागि विभिन्न नीति अगाडि सारिरहेको छ ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर