Aamsanchar

कण्डमको प्रयोग गर्दा यी यौन रोगबाट भने बच्न सकिँदैन, होस् पुर्याउनुहोस् यौन सम्पर्क गर्ने बेलामा

Author Image
आइतवार, चैत ६, २०७३

एजेन्सी । 

यौनसँग जोडिएका रोगबाट बच्न कण्डमको प्रयोग गरिन्छ, तर कण्डमले बचाउँन नसक्ने यौनरोग पनि छन् भन्ने सायद तपाईलाई जानकारी नहोला । सावधान रहन जान्नुस् कुन–कुन रोग छन् जसलाई कण्डमले बचाउन सक्दैन ।

१. हर्पिस्

– यदि कुनै व्यक्तिको यौन अंग वरिपरि हर्पिस् अर्थात दाद रोगसँग जोडिएका समस्या छन् भने त्यसलाई कण्डमले जोगाउन सक्दैन। यौनजोडीमा यो रोग सर्ने सम्भावना बढी हुन्छ । त्यसैले, यस्तो समस्या पूर्ण रुपले ठिक नभई यौन सम्पर्क राख्नु राम्रो मानिन्दैन ।

२. एचपीभी

– एचपिभी (Human Palillomavirus) १५० भन्दा बढी सम्बन्धित भाइरसहरुको समुह हो । यो ठूलो समुहमा भएका कुनै कुनै भाइरसले छालामा मुसा जस्तो गिर्खाे पैदा गराउँछ भने केहीले क्यान्सर सम्मको सम्भावना बढाउँछ । एचपीभी इन्फेक्सन भए मुख, घाँटी र मलद्वारको क्यान्सर हुने सम्भावना हुन्छ । साथै महिलाहरुमा यौनअंगको क्यान्सर हुने सम्भावना रहन्छ। एचपीभी भाइरसको विरुद्ध खोप लगाउन सकिन्छ । यो यौनसम्पर्कको समयमा छाला–छाला सर्ने गर्छ ।

३. मोलुस्कुम

– यो एक भाइरस हो, तपाईको छालामा फोका उत्पन्न गराउँछ । यसले गम्भिर रोग निम्त्याउँदैन, तर यसको कडा दुखाई सहन गाह्रो हुन्छ । यस भाइरसको संक्रमण भएमा यौनांगमा फोका उठ्ने समस्या देखिन्छ ।

४. सिफिलिस

– सुरुमा सामान्य जस्तो देखिने यो रोग भबिष्यमा मुटुको रोग उत्पन्न गराउँने गर्छ र यसले दिमागलाई पनि नराम्रो प्रभाव पार्छ ।

 

माथी उल्लेखित रोग तथा भाइरसहरु यदि कसैमा भए छाला–छाला दोस्रो व्यक्तिमा सर्न सक्छ । त्यसैले स्वस्थ यौन जीवनको लागि यी रोगहरुबाट सावधार रहने र केही समस्या आए डाक्टरको सल्लाह बमोजिम उपचार नगरि शारिरीक सम्बन्ध तर्फ अघि बढ्नु हुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर