Aamsanchar

सरगम संगितालयले नौ वटा विधामा स्रष्टा सम्मान गर्ने

Author Image
बुधवार, चैत ३०, २०७३

बिर्तामोड।

सरगम संगितालय बिर्तामोडले विभिन्न नौ वटा विधामा स्रष्टा सम्मान गर्ने भएको छ ।
वैशाख १ गते एक विशेष समारोहको आयोजना गर्दै समाजमा उल्लेख्य योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्न लागेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
शिक्षातर्फ जयनारायण ढुंगाना, नाट्यतर्फ माधव कल्पित, सामाजकतर्फ भिष्म न्यौपाने, संगीततर्फ फुर्वा योञ्जन, नृत्यतर्फ पदम तामाङ, खेलकुदतर्फ मदनकुमार उप्रेती, साहित्यतर्फ भवानी क्षेत्री, पत्रकारितातर्फ हिमाल खरेल र चलचित्रतर्फ सुवास मेचेलाई सम्मान गरिन लागेको सरगम संगीतालयका प्रबन्ध निर्देशक दीपक रायमाझीले जानकारी दिए ।
कार्यक्रम कृष्ण धरावासीको प्रमुख आतिथ्यमा हुने भएको छ । संगीतालयले यसअघि विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्दै आएको छ भने गरीब तथा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर