Aamsanchar

बुद्धको सन्देश पालना गरी वातावरण संरक्षण गर्न सकिने

Author Image
बिहिवार, वैशाख ७, २०७४

काठमाडौँ।

बुद्धले दिएको सन्देश पालना गर्न सकेमा वातावरण संरक्षण गर्न सकिने सम्बद्धले बताएका छन् ।  रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर र धर्मकृति विहार संरक्षण कोषको आयोजनामा यहाँ आज आयोजित ‘बुद्धको सन्देश वातावरण संरक्षणका लागि’ विषयक गोष्ठीमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले बुद्धले २६ सय वर्ष पहिला नै जसले प्रकृति बचाउँछन् ऊ नै विवेकशील प्राणी भएको सन्देश दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुद्धले सानैदेखि खोलानाला दूषित गर्नुहुन्न, रुख बिरुवा रोप्नुपर्छ, राम्रो बोटबिरुवा काट्नुहुन्छ । अनाहकमा जनावरको हत्या गर्न हुन्न भन्ने सन्देश दिनुभएको कुरा सम्राट अशोकको पुस्तकमा लेखिएको छ । तर बत्तीमुनिको अध्यारो भने झँै हाम्रो देशमै उहाँको सन्देश राम्रोसँग बाँड्न सकिएको छैन ।”

उहाँले संसारभर बुद्ध जन्मेको देश भनेर चिनाउने गरिएको भए पनि उहाँका बारेमा जानकारी दिन, बुद्धका शान्ति र अहिंसाका ज्ञान सन्देशलाई फैलाउन हाम्रो देशमा पर्याप्त पाठशाला, प्राज्ञिक संस्था नहुनु दुःखद भएको बताउनुभयो । “तर अन्य विदेशी मुलुकमा भने उहाँबारे अध्ययन गर्न र सन्देशलाई अनुशरण गर्न ठूलाठूला प्राज्ञिक संस्था खुलेका छन् । हाम्रो देशको नेतृत्व गर्ने तहमा भने यसबारे कुनै चर्चा हुँदैन”– उहाँले भन्नुभयो ।

धर्मकृति विहार संरक्षण कोषका सदस्य अमिता तुलाधरले कार्यपत्र प्रस्तुत गर्दै बुद्धलाई धेरैले ज्ञानको बाटोमा डो¥याउने मागदर्शकका रुपमा लिने भएकाले उहाँका सन्देशलाई साथमा लिएर वातावरणलाई संरक्षण गर्नुपर्ने प्रेरणा अनुशरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकार वातावरण संरक्षणका लागि नीति र नियमभन्दा वातावरणबाट प्राप्त वस्तुलाई नवीकारण, रिसाइकल र पुनःप्रयोग गर्नुपर्ने नियममा बाँधिएर बन्नुपर्ने कुरालाई बुद्धले पनि जोड दिएको उल्लेख गर्नुभयो ।

बुद्धका सन्देशलाई आधार मानेर वातावरण संरक्षणका लागि कदम चाल्ने हो भने त्यो धेरै हदसम्म प्रभावकारी बन्ने उहाँको भनाइ थियो । रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका सहनिर्देशक एन्तोन मास्लोले रसियाले सन् २०१७ लाई इकोलोजी वर्षका रुपमा मनाइरहेकाले अहिले वातावरण संरक्षणबारे चर्चा गर्नु पनि आवश्यक भएकाले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

उहाँले बुद्धका हरेक विचार मनमा लिएर आफँैबाट वातावरणलाई रक्षा गर्न रुख रोप्ने, पानी बचाउने, जनावरको रक्षा गर्ने हो भने धेरै हदसम्म संरक्षण गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)