Aamsanchar

सिद्धि नहर सञ्चालनबाट स्थानीय खुसी

Author Image
शुक्रवार, वैशाख १५, २०७४

भद्रपुर।

झापाको सिरान एवम् पूर्वी भेगको मेची नदीसँग जोडिएको सिद्धि खोलाबाट निकालिएको नहर सफल सञ्चालनबाट स्थानीय जनता खुसी भएका छन् ।

नहर निरीक्षण एवम् अवलोकनका निम्ति सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ र राष्ट्रिय अनुसन्धान कार्यालय भद्रपुरका प्रमुख कृष्ण खनालसहितको टोलीले बिहीबार नहर निरीक्षण एवम् अवलोकन गरेको छ ।

करिब रु ४४ करोडको लागतमा १० वर्ष अवधि लगाएर निर्माण गरिएको सो नहर २२ किमी लामो र पक्की छ भने यसबाट बाहुनडाँगी क्षेत्रमा करिब एकहजार सातसय हेक्टर जग्गा सिँचाइ भइरहेको छ ।

करिब सबै बालीलाई उपयुक्त ढङ्गले सिँचाइ सुविधा पुगिरहेको सो नहरमा नियमित पानी आउने कारणले यस क्षेत्रका किसानमा छिट्टै आर्थिक परिवर्तन आउने र किसान समृद्ध हुने विश्वास जागेको सिद्धि नहर सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद चौलागाईंले बताउनुभयो ।

निरीक्षण एवम् अवलोकनका क्रममा प्रजिअ उत्तरकुमार खत्रीले लामो समय र धन खर्चेर बनाइएको यो नहरको रेखदेख एवम् सुरक्षामा स्थानीय किसानको भूमिका अग्रणी छ भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)