Aamsanchar

‘’युएईमा रहेका जे. सागरको “यति भए पुग्छ” चाँडै बजारमा’’

Author Image
शनिवार, वैशाख १६, २०७४

भरत शिवाकोटी,

  [युएई]

पिता चेतनाथ पराजुली तथा माता छाँयादेवी को सन्तानको रुपमा सिन्धुपाल्चोक जिल्लाको बतासे गा.वि.स. वडा नम्बर – ३ मा जन्मिएका जे. सागर युएईमा धेरै नेपालीहरु माझ परिचित साहित्यकार एवं पत्रकारको नाम हो ।

मध्यम वर्गमा जन्मिएर हुर्केका सागरलाई सामान्य जीवन जिउन खासै कठिनाई थिएन तर आम मानिसलाई झैँ उनलाई पनि भविष्यले झकझक्याई रहयो,परिवार अनि सन्तानको उज्वल भविष्यले जिस्क्याइरहयो र अन्तत: हातमा स्नातक तहको प्रमाणपत्र रहेपनि देशमा रहेको बेरोजगारीले उनलाई समेत प्रवासी बनाएर खाडीमुलुकतिर धक्का लगायो |

मातृभूमि छोडेर प्रवासी भएका नेपालीहरुले आफ्नो कला र संस्कृतिलाई जहाँ रहेपनि उत्तिकै माया त गर्छन नै धेरैले आफुमा भएको कला, प्रतिभालाई प्रतिकुलताका बाबजुद पनि तिखार्न सफल भएका उदाहरणहरु धेरै छन | यिनै प्रतिभा मध्येका एक प्रतिभा हुन जे. सागर, जसका साहित्यिक रसहरुको परिवर्तन अनि सन्देशमुलक आवाजले एवं व्यंग्यले सफल र फराकिलो स्थान बनाउँदै गएको छ । विगत ५ बर्षदेखी वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत रहेका जे. सागरका साहित्यिक सृजनाहरु मध्येको अव्वल दर्जामा पर्दछ गजल विधा तर उनि कविता,मुक्तक,अन्य लेखहरूमा पनि सक्षम छन, साथमा उनको पत्रकारिताले समेत उचाई हासिल गरिरहेको छ |

 

रगतका प्यासीहरु; फेरी युद्द भन्छन

बन्दुक भन्दा कलम महान; कहिले हुन्छ सरकार ?

 

के गर्नु त्यो संबिधानले; धानै नफलेसी !

हिउद बर्षा मल प्रदान; कहिले हुन्छ सरकार ?

 

सुनको भाउ जहाँ पूगोस; नुनको खबर के छ?

कर्णालीको स्तर उठान; कहिले हुन्छ सरकार ?

 

हाम्रा पनि आमा-बाबु,जहान-बच्चा छन् नि!

एउटै चुल्हो,एउटै सिरान; कहिले हुन्छ सरकार?

देशमा भए रहेका विकृति र विसंगतिको कटाक्ष गरेर चोटिलो प्रहार गर्ने खुबी भएका उनका दर्जनौ गजलहरु धेरै नेपालीहरु माझ लोकप्रिय रहेका छन | यिनै जे. सागर द्वारा लिखित गजलहरुको संग्रह ‘’यति भए पुग्छ” आगामी केहि हप्ताभित्रै अर्थात बैशाख २३ गते विमोचन हुने भएको छ | त्यसो त उनको यो पहिलो कृति भने होईन, यस अघि उनि संयोजक रहेर संयुक्त रुपमा प्रकाशन भएको ‘प्रवासका अक्षरहरु’ ‘हैसियत’ (संयुक्त गजल संग्रह ), ‘कोसेली’ (संयुक्त मुक्तक संग्रह ) प्रकाशित भैसकेका छन भने छापा तथा मिडियाबाट विभिन्न गजल,मुक्तक,लेख आदि निरन्तर रुपमा प्रकाशित/प्रसारित भइ नै रहेका छन |

बुलबुल पव्लिकेशन बाट प्रकाशन हुने यस नवकृतिका प्रकाशन सहयोगी युरोज खड्का रहेका छन भने यसमा कुल ७४ ओटा गजल रहने जानकारी जे. सागरले दिएका छन | चर्चित धेरै गजलहरु मध्ये पछिल्लो समय नेपाल सरकार प्रति व्यंग्यपूर्ण प्रहार गरिएको अनि आम नेपालीहरुको भावनाको प्रतिनिधित्व गर्दै युएईका मन्चहरुमा धेरै ताली खाएको गजल

 

तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?

खाडी उड्ने रित्तो उडान; कहिले हुन्छ सरकार ?

 

राहदानी फाल्दिदैमा; शासक बनिन्छ र !

नागरिकको सच्चा प्रमाण; कहिले हुन्छ सरकार ?

 

चाटु,चम्चे राडीमा छन्; युवा खाडीमा छन्

नातावादको समाधान; कहिले हुन्छ सरकार ?

अत्यधिक रुचाइएको गजलमा पर्दछ | यस्तै चोटिला गजलहरु सहित जे. सागरको गजल सग्रह “यति भए पुग्छ” प्रकाशन हुने खबरले साहित्य पारखीहरु खुशी भएका छन । प्रवासमा रहेर पनि नेपाली साहित्यलाई माया गरिरहने जे. सागर ईनास नेपाली भाषा तथा साहित्य विकास एवं प्रवर्द्धन ग्लोबल समिती, ईनास युएई,एनआरएन युएई, सिन्धुपाल्चोक सेवा समाज युएई र सृजना वाचन डवली युएई जस्ता साहित्यिक र सामाजिक संस्थामा समेत उत्तिक्कै सक्रिय रहेका छन | जे. सागरको परिवर्तनको अठोट र व्यंग्यपूर्ण प्रस्तुति द्वारा गरिने खबरदारी निरन्तर रहिरहोस ‘शुभकामना’ |

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर