Aamsanchar

कल वाइपास गर्ने पक्राउ

Author Image
सोमवार, वैशाख १८, २०७४

झापा।

प्रहरीले झापाको दमकबाट ‘कल वाइपास’ गर्ने एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत कोलकत्ता घर भई हाल दमक नगरपालिकामा डेरा गरी बस्ने ३३ वर्षीय अमन सिंह रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, दमकको टोलीले गएराति विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । उनी दमक नगरपालिका–५ स्थित मनिष लिम्बूको घरमा डेरा गरी बस्दै आएको बताइएको छ ।

प्रहरीले उनको कोठाबाट कल वाइपास गर्ने उपकरण, इन्भर्टर, इन्भर्टरको ब्याट्री, एक सय थान नेपाल टेलिकमका सिम कार्ड र १५० थान एनसेलका सिमकार्ड तथा रिचार्ज कार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो ।

पक्राउ परेका सिंहलाई इप्रका, दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर