Aamsanchar

लिम्बुवान पार्टीका महासचिव पार्टीवाट निस्कासित

Author Image
शुक्रवार, वैशाख २२, २०७४

संघीय लिम्बुवान पार्टी नेपालका महासचिव प्रेमदिप थाम्सुहाङलाई लिम्बुवान पार्टीले साधारण सदस्य समेत नरहनेगरि निस्कासन गरेको छ ।
थाम्सुहाड्डले व्यक्तिगत रुपमा पार्टीको निती र कार्यदिशा र निर्णय विपरित समान्तरण प्रेस विज्ञप्ती जारी गरेको हुदा उनलाई पार्टीले मागेको स्पस्टिकरण एक महिना वित्दा सम्मपनि उनीवाट कुनै स्पस्टिकरणको जवाफ नआएपछी बाध्य भएर महासचिव प्रेमदिप थाप्सुहालाई साधारण सदस्य समेत नहरनेगरि पार्टीको निर्णय अनुसार निस्कासन गरिएको संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङवा र अर्का महासचिव सुर्य माखिले जारी गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।
साथै निज प्रेमदिप थाम्सुहाङले संघिय लिम्बुवान पार्टीको केन्द्रिय गतिविधीको बैठक भनी गरेको सुचना र खवर संघिय लिम्बुवान पार्टीको आधिकारिक्ता नरहेको समेत जनाईएको छ ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर