Aamsanchar

पत्रकार घिमिरे महतसंग माया फैल्याउदैं

Author Image
सोमवार, वैशाख २५, २०७४

(झापा)


झापाका युवा संचारकर्मी खगेन्द्र घिमिरे एक म्युजिक भिडियोमा सार्वजनिक हुने भएका छन् । उनी पत्रकारिता सँगै म्युजिक भिडियोमा सार्वजनिक हुन लागेका हुन् ।
उनले कुन्ति मोक्तानको पुरानो गीत फैलियो माया दुबो सरीमा आफ्नो प्रस्तुति देखाएका छन् । झापाको पर्यटकिय स्थलहरु बासबारी,दोमुखा लगायत को मनोरम दृश्यहरू समेटिएको भिडियोको छाँयङ्कन सकिएको छ । यो भिडियो यो हप्ता भित्रै सार्वजनिक हुँदै छ ।
यो भिडियोलाई झापाको चर्चित र लोकप्रिय साङ्गीतिक समूह पूर्वी ब्लुजले फेरि नयाँ भिडियो सार्वजनिक गर्दैछ । फैलियो माया दुबो सरी नामक गीतको कभर भिडियोमा खगेन्द्र घिमिरे र अनु महतले अभिनय गर्ने बताइएको छ । धेरै पुराना गीतलाई नयाँ ढङ्गले प्रस्तुत गर्न लागिएको बताइएको छ । सङ्गीत सचिन नेउपानेले दिएको गितमा स्वर आदित्य अधिकारी र जुनु प्रसाईको रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर