Aamsanchar

लागूऔषधसहित तीन युवा पक्राउ

Author Image
सोमवार, जेठ ८, २०७४

बिर्तामोड।

झापामा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–४ घर भई झापाको बिर्तामोड–४मा डेरा गरी बस्ने ३६ वर्षीय रञ्जित प्रधान, झापा बुद्धशान्ति गाउँपालिका–२ आइतबारेका २३ वर्षीय राजेश अधिकारी र सोही स्थान बस्ने २८ वर्षीय सन्दीप राई रहेका छन् । उनीहरुलाई झापाको फरक–फरक ठाउँबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
पक्राउ परेका रञ्जितको डेराबाट तीन हजार मिलिग्राम ब्राउन सुगर र लागूऔषध सेवन गर्न प्रयोग गरिएका विभिन्न दरका नेपाली र भारतीय नोट (बेरेको) १२ थान, सिक्काहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध सेवन गर्ने र विक्री वितरणसमेत गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशवकुमार थेबेले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत झापाबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी थेबेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर