Aamsanchar

सवारी दुर्घटनामा ३ घाइते

Author Image
सोमवार, जेठ ८, २०७४

झापा।

पूर्वको सप्तरी र झापामा आइतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्।

सप्तरीको मन्हनवा-९ स्थित कुसाहा-बेल्ही सडक खण्डमा स ५ प २०२७ नम्बरको मोटरसाइकलको ठक्कर बाट पैदलयात्री ४५ बर्षिया कौशिला देवी साह र उनकै १८ महिनाको नाती शेखर कुमार साह घाइते भएका छन्। घाइते मध्ये कौशिलाको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बालककको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।

ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरी चौकी धातीले नियन्त्रणमा लिएको छ।यता झापाको बिर्तामोड नगरपालिका-७ स्थित हर्चना चोकमा विर्तामोडबाट भद्रपुर जादै गरेको ना ४ ख ६६०७ नम्बरको बसले साईकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री सोही ठाउँका ४५ बर्षिय सनबती राजबशी घाइते भएका छन्।

उनको विएण्डसी अपस्ताल विर्तामोडमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर