Aamsanchar

म्यादी प्रहरी गाउँगाउँमा

Author Image
मङ्गलवार, जेठ ९, २०७४

धनकुटा।

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि छनोट गरिएका म्यादी प्रहरी धनकुटामा गाउँगाउँमा पुगेका छन् ।

दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै गाउँमा सुरक्षाको व्यवस्था मिलाउन म्यादी प्रहरीलाई जनपथ प्रहरीसँगै मिलाएर शान्ति–सुरक्षामा खटाइएको हो ।

तत्कालका लागि निर्वाचन परिचालनमा सहयोग पुग्ने गरी मतदानस्थलनजिकैको प्रहरी इकाइहरुमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मतदानस्थलको सुरक्षाका लागि आवश्यकपर्ने संख्या बराबरमात्र म्यादी प्रहरी प्रहरी इकाइहरुमा परिचालन गरेपछि उनीहरु गाउँ पुगेका हुन् । धनकुटामा ११७ मतदानस्थलका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासँगै ७७६ म्यादी प्रहरी खटिने जनाइएको छ ।-इमेजखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर