Aamsanchar

झापामा मजदुरको करेन्ट लागेर मृत्यु

Author Image
बुधवार, जेठ १०, २०७४

झापा ।

करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मेचेलाई ढलान मेसिन बन्द गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पु¥याएलगत्तै उनको मृत्यु भएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर