Aamsanchar

झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो

Author Image
बिहिवार, जेठ ११, २०७४

झापा।

झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो ।

करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

सो अजिङ्गर जिल्ला वन कार्यालय झापामा बुझाइएको छ । नजिकै रहेको चारकोसे जङ्गलबाट निस्किएको अजिङ्गर केही दिनदेखि गाँउमा देखा पर्दैआएको स्थानीयवासी राजन पौडेलले बताउनुभयो । झिलमिले खोला किनारमा यसअघि पनि कमन पाइथन अजिङ्गर फेला परिसकेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर