इलाम।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
करुणा फाउन्डेसन नेपाल इलाममा कार्यरत एक कर्मचारीले दृष्टिविहीन बालबालिकालाई १० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
फाउन्डेसनमा कार्यरत दिनेश अधिकारीले इलामका सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दुईजना दृष्टिविहीन बालबालिकालाई जनही रु पाँच हजारका दरले आर्थिक सहयोग प्रदान गर्नुभएको हो । सहयोग प्राप्त गर्ने जमुना–१ की शिला राई र फाकफोक–९ की रीता लिम्बू छन् ।
अपाङ्गता त्यसमाथि पनि आर्थिक अवस्था एकदमै कमजोर भएका बालबालिकालाई सहयोग गरिएको अधिकारीले बताउनुभयो । फाउन्डेसनले अपाङ्गता रोकथाम र पुनः स्थापनाको क्षेत्रमा जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालय तथा विभिन्न राजनीतिक दलको समन्वयमा विगत दुई वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 66