Aamsanchar

ट्याक्टरको ट्रलीले किचेर बालिकाको मृत्यु

Author Image
बिहिवार, जेठ ११, २०७४

सिरहा।

सिरहाको गोलबजार नगरपालिका-४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले किचेर एक बालिकाकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका-७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ बर्षिया रागनी कुमारी ठाकुर रहेकी छिन्। विहान ११ बजेतिर स१ त ४९३४ नम्बरको ईटा बोकेको टयाक्टर अन्यन्त्रित भई पल्टिदा पैदल हिड्दै गरेकी बालिकालाई किची गम्भिर घाइते भएकी थिइन्। घाइते बालिकाको राउ स्मारक अस्पाताल लहानमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो।

ट्याक्टरका चालकलाई इलाका प्रहरी कर्यालय गोलबजारले नियन्त्रणमा लिएको छ। यता सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ स्थित राजमार्गमा ना ४५ प ६३०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ६५ बर्षिय कुसुम नारायण राउत घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी नगरपलिका-१० बस्ने २५ बर्षिय हुमेश्वर कुमार खड्का समेत घाइते भएकाले दुवैको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।

यस्तै मोरङको बुढिगंगा नगरपालिका-३ मा को १ ख ४२८८ नम्बरको बसको ठक्करबाट साइकलयात्री पार्टी गाउँपालिका बस्ने २५ बर्षिय खड्‍ग बहादुर मगर घाइते भएका छन्। घाइतेको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर