Aamsanchar

झापाली समाज अष्ट्रेलियाले सांगीतिक साँझ गर्ने

Author Image
शुक्रवार, जेठ १२, २०७४

झापा,

नेपालमा झापा जिल्ला घर भई अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले आगामी जुन ३ तारिखका दिन सुमधुर सांगीतिक साँझ २०१७ आयोजना गर्ने भएको छ ।

यसअघि पनि स्तरीय कार्यक्रम सम्पन्न गरेको झापाली समाजले यस पटक भने लोकगायक कुमार बस्नेतलाई अष्ट्रेलियाका नेपालीमाझ प्रस्तुत गर्ने तयारी गरेको कार्यक्रमका संयोजक राजकुमार गोश्वामीले बताए । बुधबार सांगीतिक साँझलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समाजले बैठक गरी विभिन्न निर्णय समेत गरेको संयोजक गोश्वामी बताउँछन् ।

जुन ३ तारिखका दिन हस्र्टभिलस्थित मराना अडिटोरियममा आयोजना गरिने सांगीतिक साँझमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछ । अष्ट्रेलियामै बसेर नेपाली संगीतको श्रीबृद्धिमा तल्लिन कलाकारहरुले आफ्ना हिट नम्बरहरु प्रस्तुत गर्नेछन् भने कुमार बस्नेतले कालजयी गीतहरु प्रस्तुत गर्ने तयारी भएको छ ।

खानासहित ६० डलर प्रवेश शुल्क र अन्यलाई ३० डलरको टिकट राखिएको छ । झापाली समाजले यस किसिमका कार्यक्रमको आयोजनाबाट मुनाफा रकमलाई झापाको शिक्षा र स्वास्यको सुधारका क्षेत्रमा खर्चिदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर