Aamsanchar

लेक लागेर विदेशीको मृत्यु

Author Image
शुक्रवार, जेठ १२, २०७४

सोलुखुम्बु।

खुम्जुङको लबुजेमा सिङ्गापुरकी एमी ओङ कुम्लिङको आज लेक लागेर मृत्यु भएको छ ।

सिङ्गापुरकी ४६ वर्षीया कुम्लिङको आज बिहान होटलमा बसेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उहाँ म्याराथुनमा सहभागी हुन लबुजे पुग्नुभएको थियो ।

मे २९ तारिख अर्थात् सगरमाथा दिवसका अवसरमा आयोजना हुने म्याराथुन प्रतियोगितामा सहभागी हुनका लागि उहाँ बिहीबार पुग्नुभएको थियो । शव परीक्षणका लागि काठमाडाँै लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर