Aamsanchar

ट्यांकरले च्यापेर बस चालकको मृत्यु

Author Image
मङ्गलवार, जेठ १६, २०७४

झापा।

ट्यांकरले च्यापेर मेचीनगर नगरपालिका– १० मा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना २ ख २९७१ नं को ट्यांकर पछाडि सार्ने क्रममा मे १ ख १३०३ नंको बससँग ठोक्किएको थियो । सोही क्रममा मे ४ ख १३१९ नं बसका चालक दाहालको च्यापिएर मृत्यु भएको हो ।

ट्यांकर र बसका बीचमा च्यापिएर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पताल ल्याउने क्रममा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर