Aamsanchar

निर्वाचनमा सक्षम नेतृत्वको खोजीमा जुटे युवाहरु

Author Image
मङ्गलवार, जेठ १६, २०७४

बुधबारे । झापाको बुद्धशान्तिमा आसन्न स्थानीय निकायको निर्वाचनमा सक्षम नेतृत्व र युवाको प्रतिनिधित्व गराउन दवाव दिने उद्धेश्यले सोमवार मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ ।

विकास निर्माणमा युवा, नेतृत्वमा युवा हुनुपर्ने माग राख्दै राजनीतिक दल र दलका नेताले विगतमा विकास निर्माणका कार्यमा उदासिनता देखाएका कारण बुद्धशान्तिमा सोचे अनुरुपको विकास हुन नसकेको ठहर गर्दै स्वतस्र्फत युवाहरुको ¥यालीले सक्षम नेतृत्वलाई जिताउनु पर्ने सन्देश दिएको थियो ।

विभिन्न ठाउँमा कोणसभा गर्दै भएको ¥यालीमा बुद्धशान्तिका विभिन्न वडाबाट युवाहरुको सहभागिता रहेको गणेश खरेलले जनाएका छन् ।

स्वतन्त्र युवाहरुको समुहले ‘हाम्रो होइन राम्रोलाई जिताउँ’ भन्ने नाराका साथ विभिन्न चेतना तथा दवाव मूलक कार्यक्रमलाई निरन्तरता दिईएको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर