Aamsanchar

हतियार प्रहार गरी युवकको हत्या

Author Image
बुधवार, जेठ १७, २०७४

लहान ।

सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी आज बिहान एक युवकको हत्या भएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धारिलो हतियार तीन÷चार पटक एकै ठाउँमा प्रहार भएका कारण मृतकको अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

घटनालगत्तै सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको हुँदा घटनाको सत्य कुरा छिट्टै पत्ता लाग्ने प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर