Aamsanchar

‘’सफलता तिर गायिका एलिसा तामाङ,पुरा भयो गित गाउने सपना’’

Author Image
बुधवार, जेठ १७, २०७४

भरत शिवाकोटी

[युएई]       

झापा जिल्ला धेरै क्षेत्रहरुमा प्रतिस्पर्धा गर्न सक्ने मानिसहरुको बसोबास भएको जिल्ला हो भन्नेमा दुविधा छैन | सांगीतिक क्षेत्रमा पछिल्लो समयमा झापाका युवायुवतीहरुको निक्कै आकर्षक बढेको छ र सांगीतिक आकाशमा पाइला अगाडी बढाउनेहरु एकपछि अर्को थपिदै गएका छन |

यहि सांगीतिक दुनियामा अघि बढिरहेकी नव कलाकार अथवा गायिका को नाम हो एलिसा तामाङ | झापाको शान्तिगर, बर्नेमा परिवारको साथमा बसोबास गर्ने एलिसालेभर्खरै टिन एज पार गरेकी छन भने झापाको मनकामना कलेजमा बि.बि.एस. दोस्रो बर्षमा अध्यनरत छिन | त्यतिमात्र होइन पढाइमा निक्कै लगनशिल रहेकी एलिसाले नर्सिङ गरेर हाल सामुदायिक हस्पिटल बुधबारेमा कार्यरत समेत छिन |

सानै देखि गीत संगीत प्रति रमाउने गरेकी एलिसाले अध्ययनमा सफलता चुम्दै गएपनि उनको संगीतप्रतिको मोहलाई भने कहिल्यै टाढा राख्न सकिनन र अधुरै रहेको महशुस गरिरहिन | स्थानीय विभिन्न प्रतियोगिता तथा सांगीतिक कार्यक्रमहरुमा गीत गाउने उनको स्वर लाई सामान्य देखि उच्च तहका कलाकारले समेत तारिफ गर्दछन | अब भने एलिसाको एलिसाको सपना पुरा गरिदिएका छन युवा गायक तथा संगीतकार ताराविर पाण्डेले र एलिसाको स्वर भरिएको गित सार्वजनिक भएको छ |

मधु न्यौपानेको शब्द,ताराविर पाण्डेको संगीत र देव लावारको एरेन्जमा ‘’तिम्रै सम्झनामा पागल हुन मन लाग्यो’’ बोलको गीतको फिमेल भर्सन भर्खरै सार्वजनिक भएको हो र नव गायिका एलिसा तामाङ ले उक्त गीतमा आफ्नो मधुर स्वर भरेकी छन |युवा गायक तथा संगीतकार ताराविर पाण्डेको मेल भर्सनको अडियो तथा भिडियो भने यस अघि नै सार्वजनिक भैसकेको छ |आफ्ना दाजु पारस तामाङको प्रेरणा र हौसलामा संगीत क्षेत्रमा पाइला राख्दै गरेकी एलिसाले आम श्रोताका लागि आफ्नो पहिलो प्रयास रहेको उक्त गीत सुनेर प्रतिक्रिया दिनुहुन सबैमाझ अनुरोध गरेकी छन |

स्मरण रहोस, गायिका एलिसाका दाजु पारस हाल युएईमा रहेका छन र उनि युएईका आम नेपालीहरु माझ लोकप्रिय गायक का रुपमा स्थापित छन | केहि समय पहिले नया बर्षको अवसरमा युटयूव मार्फतगायक पारसको‘‘वाउ क्या राम्री सोल्टिनी मेरी, गालैमा डिम्पल छ’’ भन्ने बोलको गित सार्वजनिक भैसकेको छ |

https://www.youtube.com/watch?v=MdDfDSOTbnE

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर