Aamsanchar

करेन्ट लागेर महिलाको मृत्यु

Author Image
आइतवार, जेठ २१, २०७४

सुरुङ्गा (झापा)  । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । प्रहरीका अनुसार लुगा सुकाउँदा बिजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
शव आज मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिने प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर