Aamsanchar

मिस एसइइ झापा भईन दिपीका बानिया

Author Image
आइतवार, जेठ २१, २०७४

ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापा २०१७ को ताज झापा धाइजनकी दिपीका बानियाले पहरेइकी छिन् । सनिबार राती अबेर सम्म ग्राण्ड फिनालेमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी बिजेता बन्न सफल

भएकी हुन । त्यस्तै प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी रिया आचार्य र सेकेण्ड रनअप काकरभिटटाकी अरुणरिद्धी राई बनिन् । बिजेताले नगद ५० हजार सहित कक्षा ११÷१२ अध्ययनका लागि छात्रबृत्ती प्राप्त गरिन भने फस्ट रनअपले २० हजार नगद, सेकेण्ड रनरअपले १५ हजार नगद सहित छात्रबृत्ती हासिल गरेका ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टकी अध्यक्ष निशा खड्काले जानकारी दिनु भयो ।

सोही कार्यक्रम मार्फत नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार साहारा उपचार कोषका लागि ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले ११ हजार नगद सहयोग गरेको छ ।

इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापाको ग्राण्ड फिनालेको अवसरमा कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले उक्त रकम
बराबरको चेक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटालाई हस्तान्तरण गरेका थिए । उक्त रकम एक्स्पर्ट मिस एसईई झापाका प्रतिस्पर्धीहरुले

बिर्तामोडमा चटपटे, पानीपुरी लगायतका अन्य खाजाका परिकारहरु बिक्री गरेर संकलन गरिएको संस्थाकी अध्यक्ष निशा खड्काले जानकारी दिईन । साथै उक्त अवसरमा रगतमा इन्फ्याक्सन भई उपचारर्थ बिर्तामोडकी सिमा प्रधानको उपचारका लागि १५ हजार रुपैँया हस्तान्तरण पनि गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर