Aamsanchar

धनकुटामा जन्ती बोकेको बोलेरो दुर्घटना ५ घाईते

Author Image
शनिवार, जेठ २७, २०७४

धनकुटा।

कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका ९ स्थित रुद्रबारीमा शनिबार बिहान जन्ती बोकेको बोलेरो गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन्।

तेह्रथुमबाट जन्ती लिएर दमक आउँदै गरेको को १ ज २७९१ नम्बरको बोलेरो गाडी ब्रेकफेल भई सडकमा पल्टिदा दुर्घटना भएको थियो। दुर्घटनामा परी गाडीमा सवार म्याङलुङ १० प्रकाश न्यौपाने (मुलघाटस्थित स्थानीय मेडिकलमा उपचार हुँदै), सोही ठाँउका छत्र रिमाल, चुँडामणी रेग्मी(सामान्य) त्यस्तै नन्दलाल खत्री र संतोष बस्नेत घाईते भई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ।

गाडी र चालकलाई प्रहरी चौकी मुलघाटको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर