Aamsanchar

मिस नेवाः पूर्वाञ्चलको उपाधि आर्जूलाई

Author Image
आइतवार, जेठ २८, २०७४

विर्तामोड।

मिस नेवाः पूर्वाञ्चल ११३७को उपाधि झापा धुलाबारीकी आर्जू श्रेष्ठले हात पारेकी छिन् । २९ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन् ।
नेवाः देय दबू झापाको आयोजना तथा बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको प्रतियोगितामा फस्ट रनर अप बिर्तामोडकी झर्ना श्रेष्ठ भइन् भने सेकेण्ड रनर अप बुधवारेकी सञ्जिता श्रेष्ठ भएकी नेवाः देय दबू झापाका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए ।
प्रतियोगिताका उपाधि विजेताले नगद ३१ हजार र वोष्टन एजुकेशन फाउण्डेशनमार्फत भारतको बेंलोरस्थित अम्विका पारामेडिकल इन्स्टीच्यूटबाट शतप्रतिशत छात्रवृत्ति प्राप्त गरिन् ।
त्यस्तै फष्ट रनरअपले नगद २१ हजारसहित सोही कलेजबाट ५० प्रतिशत छात्रवृत्ति र सेकेण्ड ररनरअपले नगद ११ हजारसहित सोही कलेजबाट २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरेको कार्यक्रम संयोजक तिलरुपा श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर