Aamsanchar

दुई वर्षअघि पहिरोबाट विस्थापितले अझै राहत पाएनन्

Author Image
आइतवार, जेठ २८, २०७४

ताप्लेजुङ।

दुई वर्षअघि ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी विस्थापित भएकाहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

२०७२ साल जेठ २७ गते राति भारी वर्षासँगै गएको पहिरोबाट तत्कालीन लिवाङ, खोक्लिङ, थिङ्लाबु, सान्थाक्रा र लिङ्तेप गाविसका ५९ जनाको ज्यान गएको थियो भने ७२ परिवार घरबारविहीन बनेका थिए ।

१ सय २ परिवार अझै पनि जोखिममा बस्न बाध्य छन् । सरकारले पहिरो पीडितलाई पटक–पटक राहत र पुनर्स्थापनाको आश्वासन दिए पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन । पहिरो पीडितहरुले तत्काल राहत र पुनर्स्थापनाको माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर