Aamsanchar

मन्टेश्वरी एशोसियसन झापाको अध्यक्षमा श्रेष्ठ

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड,  

मन्टेश्वरी एशोसिएशन झापा गठन भएको छ । मन्टेश्वरी स्कूलका सञ्चालकहरुको भेलाले स्थापना गरेको समितिले मन्टेश्वरी एशोसियसन झापा गठन गरेको हो ।
समितिको अध्यक्षमा भीमबहादुर श्रेष्ठ, उपाध्यक्षद्वयमा तारा भट्टराई पराजुली, भूमिका प्रसाई, सचिवमा माधव भट्टराई, सहसचिव अनुप रोय र कोषाध्यक्षमा पूजा दाहाल चयन भएका छन् ।
सदस्यहरुमा बिना लामिछाने, विनीत बास्तोला, रुपा शर्मा, सपना प्रसाई ओडारी, प्रविण कार्की, भीम बस्नेत, रितु रोय, निर्मला बराल, कमल भट्टराई, उषा सुवेदी, दिनेश भण्डारी, अमर सुब्बा, सुरेश भट्टराई, सुष्मा कट्वाल र रितु थापामगर सदस्य रहेको नवगठित समितिका सचिव भट्टराईले जानकारी दिए । उक्त संस्थाले जिल्ला भरिका मन्टेश्वरी स्कूलहरुवीच समन्वय गदैं पेशागत हितका लागि विभिन्न कार्य गरिने महासचिव भट्टराईले बताएका छन् ।
तदर्थ समिति संयोजक भीमवहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मन्टेश्वरी एशोसिएसन सुनसरी अध्यक्ष दीपक अग्रवाल, किन्डर गार्डेन एण्ड मन्टेश्वरी एशोसिएशन सुनसरी अध्यक्ष हरि आचार्य, अक्सव्रिज मन्टेश्वरी तथा शैक्षिक अगुवाका रामचन्द्र राई, मन्टेश्वरी एशोसिएशन झापाकी उपाध्यक्ष भूमिका प्रसाई, सचिव माधव भट्ट, सहसचिव अनुप रोय, सदस्य अमर सुव्वा, दिनेश भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर