Aamsanchar

मूर्तिबाट मासिक एक लाख कमाइ

Author Image
बिहिवार, असार १, २०७४

कञ्चनपुर ।

शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालनु गर्नुभएको पसलबाट बिक्री गर्दै आउनुभएको छ । उहाँले ठूला मूर्ति ग्राहकको मागअनुसार मन्दिरमै गएर समेत निर्माण गर्ने गर्नुहुन्छ ।

“एउटा मूर्ति निर्माण गरेर रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक लिने गरेको छु,” उहाँले भन्नुभयो । शिव, पार्वती, नन्दी, गणेश, श्रीकृष्ण, राम, सीता र मुसाको मूर्ति निर्माणका लागि कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लाबाट माग आउने गरेको विकको भनाइ छ ।

“बुबाको प्रेरणाबाट मूर्ति बनाउने कला सिकेको हुँ,” उहाँले भन्नुभयो । मूर्ति निर्माणकै कमाइले झलारी बजारमा रु १० लाखको जग्गा खरिद गरेको विकले बताउनुभयो । दसैँ, तिहार र नयाँवर्षका अवसरमा मूर्ति निर्माणका लागि बढीजसो माग हुने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट विस्थापनमा पर्नुभएका विक अहिले मूर्ति बनाएरै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर