Aamsanchar

मिडिया सेन्टरद्धारा जिम्मेवारी बाँडफाँड

Author Image
शनिवार, असार ३, २०७४

विर्तामोड ।

विर्तामोड मिडिया सेन्टरको शनिबार सम्पन्न बैठकले स्थानीय निर्वाचन अन्तरगत झापाका १५ वटै स्थानीय तहमा रिर्पोटिङका लागि सञ्चारकर्मी जिम्मेवारी दिइएको छ ।
सेन्टरका संयोजक गोविन्दचन्द क्षेत्रीको सभापतित्वमा बसेको बैठकले स्थानीय तहमा उम्मेद्वारहरुले मनोनयन दर्ता गर्ने दिन असार ४ गतेको समाचार संकलन लागि नेपाल प्रेस युनियन आवद्ध पत्रकारहरु तोकेको हो ।
जस अनुसार मेचीनगर नगरपालिकामा ज्ञानेन्द्र निरौला, बुद्धशान्ति गाउँपालिकामा इन्दु पूर्वेली, कचनकवलमा इश्वर अधिकारी, भद्रपुर नगरपालिकामा गोविन्द क्षेत्री, हल्दिवारीमा रेजिना रोदन, वाह्रदशी र झापा गाउँपालिकामा सुरेन्द्र भण्डारी, गौरीगञ्ज गाउँपालिकामा आत्मराम राजवंशी, गौरादह नगरपालिकामा वेनु अधिकारी, दमक नगरपालिकामा गिरीराज भट्टराई, कनकाई नगरपालिकामा मनोज बस्नेत, शिवसतासी नगरपालिकामा शान्तिराम बस्नेत, कमल गाउँपालिकामा विष्णु सुब्बा, अर्जुनधारा नगरपालिकामा कृष्ण हुमागाँई, विर्तामोड नगरपालिकामा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर