Aamsanchar

ढुङ्गा प्रहारबाट एकको मृत्यु

Author Image
सोमवार, असार ५, २०७४

संखुवासभा।

संखुवासभाको भोटखोला-२ च्यामताङमा आइतबार ढुङ्गा प्रहारबाट एकजनाको मृत्यु भएको छ।

 

मृत्यु हुँनेमा सोही ठाउँका ३७ बर्षिय छिनाङ भोटे रहेका छन्। भोटेलाई स्थानिय ५४ बर्षिय छिमिक भोटेले बाटोको विषयमा सामान्य विवाद हुँदा साँज ५ बजेतिर ढुङगाले टाउकोमा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट गम्भिरघाइते छिनाङको स्वास्थ चौकी चेपुवामा बेलुका ८ बजे मृत्यु भएको हो।

 

घटनास्थलाम प्ररही चौकी चेपुवबाट प्रहरीको टोली खटिगई शव पोष्टमार्टमकोलागी जिल्ला अस्पताल खाँदबारी पठाएको छ बने ढुङ्गा प्रहार गर्ने छिमिकलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर