Aamsanchar

घुस लिँदै गर्दा इन्जिनियर पक्राउ

Author Image
मङ्गलवार, असार ६, २०७४

पाँचथर।

जिल्ला शिक्षा कार्यालय पाँचथरका सब इन्जिनियर मनोजकुमार यादव रु एक लाख २५ हजार घुस लिँदै गर्दाको अभियोगमा आज थलोमै पक्राउ परेका छन् ।

कार्यालय खुलेपछि ‘घुस लिँदै गर्दा’ करारमा रहेका यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । यादवलेसाबिक माङ्जाबुङ– १स्थित सिद्ध सरस्वती माविको चारकोठे पक्की भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुस मागेकोे आरोप लगाइएको छ ।

विसं २०७० देखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भएको बताइएको छ । इन्जिनियर यादवलाई आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय प्रवक्ता रमेश बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर