Aamsanchar

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Author Image
शनिवार, असार १०, २०७४

लहान ।

सिरहाको मिर्चैया नगरपालिका– ३ राघोपुरस्थित डुमरीनहर सडक खण्डमा आज बिहान अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

स १ त ४७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सनाखत हुन नसकेका अन्दाजी १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक छेउमा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा किचेर युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाशङ्कर स्मारक अस्पातलमा पठाइएको छ, भने फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर