Aamsanchar

मोरङको प्लार्इ उद्योगमा भीषण आगलागी, ११ वटा दमकलले आगो निभाउँदै

Author Image
शनिवार, असार १०, २०७४

विराटनगर :

मोरङको बुढीगंगा‍‍ -५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी भएको छ ।  शनिबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगो निभाउन पूर्वका विभिन्न जिल्लाबाट आएका ११ वटा दमकलले प्रयास गरिररहेका छन् ।

सुरक्षाकर्मी र स्थानीयवासी पनि आगलागी नियन्त्रणमा जुटेका छन् तर आगो नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले भन्नुभयो,‘मोरङ, झापा, सुनसरी र सप्तरीका ११ वटा दमकल घटनास्थलमा खटिएका छन् करिब पचास प्रतिशत जति आगो नियन्त्रणमा आएको छ ।’

थापाले आगलागीलाई पूर्ण रुपमा नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो ।  आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै आउन बाँकी रहेको डिएसपी थापाले बताउनु भयो ।
उद्योगमा चिरान काठ राखेको ठाउँबाट एक्कासी आगलागी सुरु भएको उद्योग सञ्चालक दिवाकर राठीले जानकारी दिनुभयो । यो उद्योग संयुक्त रुपमा उद्योगी जीवन रिजाल, बजरंग अग्रवाल, मनिष खेतान, रमेश आचार्य र पारस रिजालले सञ्चालन गर्दै आउनु भएको छ ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर