Aamsanchar

जङ्गली च्याउ खाँदा मृत्यु

Author Image
मङ्गलवार, असार १३, २०७४

पाँचथर ।

जङ्गली च्याउ खाँदा मिक्लाजुङ गाउँपालिका – ७ लुम्बाफे बस्ने एक बालकको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी चन्द्रबहादुर माखिमका नाति १० वर्षीय सङ्गम छन् । उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जङ्गली च्याउ खाँदै गरेकी उनकी नातिनी सातवर्षीया सपनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर