[सुरेश खतिवडा]
‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आँधी आए पहाडले छेक्नुपर्छ’ भन्ने पुरानो तर मन छुने र सधैँ नयाँ झैँ लाग्ने गीतको वास्तविकतालाई नियाल्न कतै होइन प्रदेश नं. २ सप्तरीको बाढीग्रस्त क्षेत्र तिरहुत गाउँपालिकाको मैनाकडरी पुगे हुन्छ ।
केही दिनअघि आएको बाढीका कारण भएको डुबान र कटानले बालीनाली, लत्ताकपडा र घर नै क्षति पु¥याएर भौतिकरुपमा नष्ट भएको मात्र देखेर सामग्रीहरु संकलन र प्रचारप्रसारमा लागेका अन्य सहयोगी समूहहरुभन्दा अगाडि नै त्यस समग्र गाउँको मानसिक विचलन र शारीरिक दुर्वलताको अवस्था बिग्रन नदिन औषधि बोकेर गत आइतबार मैनाकडरी पुगेको थियो त्यो पहिलो स्वास्थ्य प्रवद्र्धन टोली ।
जुन टोली जसले केही महिना अगाडि पूर्वाञ्चलका २५ हजार जनालाई एकैथलोमा अत्याधुनिक उपकरणसहितको स्वास्थ्य सुविधा र विशेषज्ञहरु उपलब्ध गराएको थियो । मधेश प्रदेशका विद्यार्थीहरुको आह्वानमा प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवको टोलीले एकाबिहानैदेखि शुरु गरेको औषधि उपचारको क्रमले साँझैसम्म निरन्तरता पाएको थियो । साँझसम्ममा दुई हजार सात सय ५२ जना बाढीपीडितहरुले जचाउने र औषधि समेत प्राप्त गरेको बृहत् स्वास्थ्य राहत वितरण तथा परामर्श कार्यक्रममा जम्मा आठ लाख मूल्य बराबरको विभिन्न रोगका औषधिहरु समेत वितरण गरिएको थियो ।
विभिन्न समूहले दाल, चामल, भुजिया र बिस्कुटलाई मात्र राहतको वस्तु अन्तर्गत राखेर संकलन अभियान चलाई रहेका बेला तराईको चहर्याइरहेको घाउमा मलमपट्टी गर्न पुगेको थियो १३ चिकित्सक र थप स्वास्थ्यकर्मीहरुसहित प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवको टोली । एक प्रभावशाली पार्टीका प्रभावशाली केन्द्रीय नेता, प्रदेश नं. २ का राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, विद्यार्थीका राष्ट्रिय अध्यक्षसहित सदस्यहरुको उपस्थिति हेर्दा निकै भव्यरुपमा कार्यक्रमसहित उद्घाटन होला भन्ने सोचेका स्थानीय पीडितहरु, सबैले चिकित्सकहरु वृद्धवृद्धा र असक्तलाई डोहो¥याउँदै आफ्नो कोठातिर लगेर जाँच गर्न थालेपछि कार्यक्रम स्वतः उद्घाटन भएको मानिएको थियो ।
त्यहाँ कुनै भाषण थिएन, आसन ग्रहण थिएन, प्रमुख अतिथि र विशिष्ट अतिथिहरु थिएनन्, यहाँ कुनै सम्मान र सम्मानका लागि खादाहरु थिएनन् । थिए त सबै टोलीको उपस्थिति हुनसाथको योजना अनुसारको जिम्मेवारी लिने काम । मैथिली भाषामा औषधि खाने तरिका र लामो स्पष्ट परामर्श गर्ने उमेश सुवेदी, स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने सुरेश खड्का, चिकित्सकीय व्यवस्थापनमा लागेका पुष्प र विजय दाइ अनि ओभरअल को–अर्डिनेशनमा तल्लिन रहेका विश्वप्रकाश दाइको भूमिकाले साँच्चिकै व्यवस्थित र सहजरुपमा सबै पाटोको तालमेल मिलेको थियो ।
कहिल्यै नर्बिसिने गरी तराई प्रदेशका विद्यार्थी साथीहरुको करिब १० किलोमिटर वरै राजमार्ग क्षेत्रमा पर्ने मौली भन्ने स्थानमा गरिएको हतारोसहितको स्वागत र बाटो देखाउने टोलीको खटपटिबाटै पनि तराईका जनतालाई हामीजस्ताको मनोसामाजिक परामर्शको खाँचो छ र तराईका जनताले कहिल्यै पनि आफूलाई पहाडसँग छुट्याएर बुझ्ने गरेका छैनन् भन्ने भान हुन्थ्यो । अझ तराईलाई बुझ्न र तराईमा हामी पुग्न ढिलो भएको आभाष हुन्थ्यो ।
हो ! तराई चाहँदैन भाषण, हो तराई चाहँदैन झुटा र फोस्रो आश्वासन, तराई चाहँदैन झुटा महल र सुविधाहरु । तराई त केवल सुरक्षित भएर बाँच्न चाहन्छ, तराई केवल स्वस्थ्य भएर बाँच्न चाहन्छ, तराई केवल काम चाहन्छ । करिब चार महिना अगाडि बन्द गरेको ‘प्रथम राष्ट्रिय स्वस्थ्य महोत्सव’को फाइल अर्कोपटक फेरि पल्टाउने कोशिस त्यो टोलीले ग¥यो किनकि तराईको पीडा उसले बुझेको थियो । मधेश प्रदेशका विद्यार्थीहरुले उक्त टोलीलाई डाक्ने प्रयास गरे किनकि त्यो मधेशको चहर्याइरहेको घाउमा निर्मलीकरणसहितको डे«सिङ गर्न चाहन्थ्यो । त्यसकारण कसैले पनि मधेश के चाहन्छ भनेर गलत प्रचार नगरौँ ।
हो, मधेशका जनताहरु अधिकार माग्दैछन्, तर त्यो अधिकारको गलत व्याख्या नगरियोस् । ज्वरो आउँदा र झाडापखाला लाग्दा सिटामोल र जीवनजल भए सन्तुष्ट हुने समाज प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवको टोलीले देखेर आएको छ तराईमा । त्यसकारण तराईले हामीलाई बाढीपीडितहरुको उपचार गर्न स्थान दिएको राष्ट्रिय मावि जस्ता स्कुलहरुमा डेस्क–बेञ्च अनि कापी–कलमहरु मागेको छ । छेउमै रहेको स्वास्थ्यचौकीमा पर्याप्त औषधि र सुविधायुक्त भवन मागेको छ । त्यसैले तराईलाई न्यूनतम् शिक्षा र स्वास्थ्य सुविधा समेत नदिएर गरिएको व्यवहार स्वरुप कुण्ठित संवेदनाहरु प्रष्फुटन हुँदा त्यसलाई भ्रम छरेर अपव्याख्या गरिएको तथ्य बाढीपीडित क्षेत्रमा एकपटक पुग्दा थाहा हुन्छ ।
त्यहाँ सर्वसाधारणद्वारा कुनै देश मागिएको छैन । मधेशका आमा, हजुरआमा र बुबा, हजुरबुबा, काकाहरुले छुट्टै प्रान्त माग्नुभएको छैन, त्यहाँ त वास्तवमा स्वास्थ्य र सुरक्षित भएर बाँच्न पाउँ भन्ने एकै स्वरका आवाजहरु मात्र छन् । जुन आवाजलाई राम्ररी सुनेका र बुझेकाको समूहले गत आइतबार आंशिक रुपमा पूरा गरेर आएको छ र त्यसलाई पूर्णता दिन दोस्रो या तेस्रो राष्ट्रिय स्वास्थ्य महोसत्व गर्दै पूरा गर्न पहल गर्नेछ, किनकि तराईलाई चोट लाग्दा पहाडलाई पक्कै पनि दुख्ने नै छ ।