Aamsanchar

१५२ को स्वास्थ्य परीक्षण

Author Image
शुक्रवार, साउन २७, २०७४

दुहागढी।

हिन्दू महिलाहरुको महान चाड तीजको अवसर पारेर निःशुल्क महिला स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आपसी समाज बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।शिविरमा १ सय ५२ जना महिलाहरुको स्वास्थ्य परीक्षण गरिनुका साथै ५० हजार रुपैयाँ मूल्य बराबरको औषधि समेत निःशुल्क वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष शरद शिवाकोटीले जानकारी दिएका छन् ।

शिविरको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शंकरप्रसाद पोख्रेल र रेडक्रस झापाका सभापति लोकराज ढकालले संयुक्त रुपमा गरेका थिए । शिविरमा बीएण्डसी मेडिकल कलेज बिर्तामोडका महिला रोग विशेषज्ञहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
त्यस्तै सोही दिन भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको बताइएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर