मोरङ।
बाढीपीडितको उपचारका लागि मोरङको रतुुवामाई नगरपालिका–५ मा आज आयोजना गरिएको स्वास्थ्य शिविरमा रु तीन लाखबराबरको औषधि वितरण गरिएको छ ।
कोशी अञ्चल अस्पताल विकास समिति र पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरको संयुुक्त आयोजनामा भएको शिविरमा सो क्षेत्रका ३५० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा उपचार गराउन आउनेलाई रु तीन लाख मूल्य बराबरको औषधि वितरण गरिएको औषधि व्यवसायी दिना मण्डलले बताउनुुभयो ।
कोशी अञ्चल अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट रोशन पोखरेलसहित आठजना चिकित्सकले शिविरमा आएको बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
शिविरमा आएका बिरामीमा वर्षा र बाढीका कारण छालासम्बन्धी रोग साथै पेट दुुख्ने र कान दुुख्ने बिरामी बढी रहेका थिए । नेपाल सरकारको सहयोगमा अन्य स्थानमा पनि शिविर सञ्चालन गरेर बाढीपीडितलाई निःशुुल्क औषधि वितरण भइरहेको मेडिकल स्टोरका प्रमुुख भरत साहले बताउनुुभयो ।