काठमाडौं,
वैदेशिक रोजगारीमा जानेसँग सरकारले तोके भन्दा धेरै पैसा लिने म्यानपावरका एक जना कर्मचारी पक्राउ परेका छन् ।
सिनामंगलमा रहेको सिद्ध ग्लोबल म्यानपावरका कर्मचारी भिष्म अधिकारी पक्राउ परेका हुन् । वैदेशिक रोजगार विभागको अनुगमन टोलीले उनलाई मलेसिया जाने दुई जनासँग एक लाख ६० हजार रुपैयाँ लिँदै गरेको भेटेपछि पक्राउ गरेको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।
उनले अरु दुई जनासँग पनि ४० हजार रुपैयाँ लिएको भन्ने जानकारी आएकाले छानविन भइरहेको उहाँले बताउनुभयो । यसअघि गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको आरोपमा ११ वटा म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 130