Aamsanchar

सांसद अर्यालले बीस घर बनाइदिने

Author Image
मङ्गलवार, भदौ २०, २०७४

मोरङ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले वडा न १९ का बाढीपीडतका लागि घर बनाइदिनुहुने भएको छ । उहाँले क्षेत्र नं ६ को वडा नं १९ का विपन्न २० बाढीपीडितको घर बनाइदिने घोषणा गर्नुभएको हो ।

काँग्रेस १९ नं वडा समितिले आज आयोजना गरेको राहत वितण कार्यक्रममा जनता आवास कार्यक्रमका पूर्वअध्यक्ष अर्यालले सो कार्यक्रमअन्तर्गत घर बनाउन सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

अर्यालकै पहलमा मोरङमा ७५७ घर निर्माण सकिएको छ भने मोरङ क्षेत्र नं ५ को रङ्गेली नगरपालिकााम अवस्थित आँपगाछीको मुसहर बस्तीमा करिब सय घर निर्माण भइरहेको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र बाँतर समुदायलाई सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले घर बनाउन रकम उपलब्ध गराएको थियो । सांसद अर्यालले विराटनगर–१९ का बाढीपीडितलाई आज करिब रु तीन लाख बराबरको चामल, भुजा, चिउरा, दाल, तेल, नून र झुल वितरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल तरुण दल मोरङका सभापति सञ्जय थापा, काँग्रेस नेता त्रिलोचन रिजाल, वसन्त हुमागाईं, सन्तनु रेग्मी, सुबोध निरौला, महानगर उपप्रमुख इन्दु कार्कीलगायतले करिब २०० बाढीपीडितलाई राहत सामग्री वितरण गर्नुभयो । अमेरिकामा बस्दै आएकी सुमना दवाडीको अगुवाइमा त्यहाँ रहेका नेपालीले संकलन गरेर पठाएको रकमबाट राहत सामग्री ल्याइएको कार्यक्रमका नेपालतर्फका संयोजक प्रदीप खतिवडाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर